सहाराको शीर्ष गीत सार्वजनिक

सहाराको शीर्ष गीत सार्वजनिक

काठमाडौं ।

सहारा नामक सर्ट फिल्ममा समावेश तिमी नै मेरो धड्कन हौ बोलको शीर्ष गीत सार्वजनिक गरिएको छ।आरके एन्ड आरके इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट हालै गीतमा यादवराज पाण्डेको शब्द रचना र संगीत तथा यादवराजको साथमा सुमन परियारको स्वर रहेको छ।

सरोज दाहालको निर्देशनमा बनेको सर्ट फिल्ममा आरके मानन्धरको कथा, पटकथा र संवाद, आरकेको साथमा कलाकारहरू राजु भुजू, सिरु विष्ट, पल्पसा डंगोल, रबिना बास्ताकोटी, प्रश्ना कार्की, संगीता शर्मा, विनोद प्याकुरेल तथा बाल कलाकारहरू इनाया प्रजापति, वजोसरत्न तुलाधर, प्रजन्य राणालगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

सामाजिक तथा पारिवारिक कथामा निर्मित फिल्म छिट्टै आरके एन्ड आरेको इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत रिलिज हुने फिल्मका सर्ट फिल्मका लेखक तथा कलाकार आरके मानन्धरले बताए। सीता मानन्धरको निर्माणमा बनेको फिल्ममा रामेश्वर हुमागाईंको छायांकन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *