लक्ष्मी आदर्शले स्वर्ण महोत्सव मनाउने

लक्ष्मी आदर्शले स्वर्ण महोत्सव मनाउने

लेखनाथ । लक्ष्मी आदर्श माविले विविध कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाउने भएको छ । २०७५ सालमै ५० वर्ष पूरा गरेको विद्यालयले कोभिडका कारण त्यसबेला स्वर्ण महोत्सव कार्यक्रम स्थगित गरेको थियो ।

शनिबार आयोजित बृहत् भेलाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय मूल समारोह समिति र ३० विभिन्न उपसमिति गठन गरेको छ ।

५५ औं वार्षिकोत्सव सम्पन्न गरिसकेको विद्यालयले आगामी फागुन ७ मा प्रजातन्त्र दिवसका दिन ५६ औं वार्षिकोत्सव तथा स्वर्ण महोत्सवको मूल समारोह आयोजना गर्ने निर्णय गरेको छ ।

पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले स्वर्ण महोत्सवलाई प्रभावकारी तरिकाले अगाडि बढाउन भूपू विद्यार्थीदेखि अभिभावक र शिक्षकहरुले सक्दो सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रअ शेखरनाथ शर्मा, त्रिभुवन शान्ति माविका पूर्व प्रअ मित्रलाल सापकोटा, विद्यार्थी पद्मचन्द्र सापकोटा, लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, विद्यालय ब्यवस्थापन समितिका सस्थापक सदस्य भोजराज भण्डारी, स्मारिका प्रकाशन उपसमितिका संयोजक चतुराखर अधिकारी र शिक्षक अभिभावक संघका अध्यक्ष वामदेव जमरकट्टेल लगाएतले विभिन्न सुझाव दिएका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *