जनप्रिय क्याम्पसले मनायो ३२ औं वार्षिकोत्सव

जनप्रिय क्याम्पसले मनायो ३२ औं वार्षिकोत्सव

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले ४ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउन प्रतिबद्ध भएको बताएका छन् ।

जनप्रिय बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सव अवसरमा उनले मानीत विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए । थापाले २ पटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको गुणस्तरले खुसी लागेको बताए । भौतिक पूर्वाधार र शैक्षिक गतिविधि उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा प्राविधिक र सिपमूलक शिक्षा दिन आग्र्रह गरे ।

क्याम्पसका पूर्व कावा अध्यक्ष परशुराम बरालले क्याम्पसले देखेका सपना साकार बनाउन र रूपान्तरणका लागि पुराना चिज छोडेर नयाँ कार्यक्रम लागु गर्न नेतृत्व सक्षम हुनुपर्ने धारणा राखे ।

क्याम्पस प्रमुख लोकराज भण्डारीले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जेएमसीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता सहित ५ वर्षे रणनीतिक योजना अनुरूप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।

पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ५० हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको भण्डारीले उल्लेख गरे । भण्डारीले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २० करोड बढीको अनुमानित बजेट तर्जुमा गरेको जानकारी दिए ।

जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउन मन्त्री थापा ४ प्रतिबद्ध

वार्षिकोत्सव कार्यक्रममा सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे, सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, पूर्व क्याम्पस प्रमुख पीताम्बर शर्मा नेपाली, पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय इकाइका अध्यक्ष विकास थापामगर, कर्मचारी संघका अध्यक्ष देवी पनेरु, विद्यार्थी संघ संगठनका प्रतिनिधि लगाएका वक्ताले शुभकामना मन्तव्य राख्दै क्याम्पसलाई केन्द्रमा राखेर यसको मर्मअनुसार अगाडि बढ्न जोड दिए ।

उत्कृष्ट कार्यसम्पादन गरेका प्राध्यापक डा. चुडामणि कँडेल र कर्मचारी कर्मचारी कुमार गुरुङलाई नगद, कदरपत्र र दोसल्ला आढाएर सम्मान गरिएको थियो । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट कर्मचारी ठूलीमाया विश्वकर्मा सम्मानित भए ।

विभिन्न संस्था तथा व्यक्तिद्वारा स्थापित अक्षयकोषबाट उत्कृष्ट शैक्षिक नजिता ल्याउने विद्यार्थीलाई छात्रावृत्तिको नगद रकम र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै, अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिवल, ब्याडमिन्टन, रस्साकसी,

बास्केटबल, टेवुलटेनिस, नृत्य, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकला, बुद्धिचाल, चित्रकला प्रतियोगिताका बितेजालाई प्रमाणपत्र, शिल्ड, मेडल, नगद पुरस्कार प्रदान गरिएको थियो ।
क्याम्पसमा हाल ४ हजारभन्दा बढी विद्यार्थी पढ्छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *