बाफ्टामा गोर्खा वारियर

बाफ्टामा गोर्खा वारियर

लगातार नयाँ इतिहास बनाइरहेको फिल्म गोर्खा वारियरले नेपाली फिल्म क्षेत्रबाटै पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा प्रवेश पाएको छ।

लोकप्रिय निर्देशक मिलन चाम्सद्वारा निर्देशित गोर्खा वारियरले नट इन् अ इंगलिस ल्याङवेज विधाअन्तर्गत पहिलोचरणमा प्रवेश पाएको हो। निर्देशक चाम्सका अनुसार पहिलो चरणमा फिल्म हेरिएपछि लङलिस्ट सार्वजनिक हुनेछ र त्यसपछि पुनः उत्कृष्ट पाँचको घोषणा हुनेछ।

‘हलिउडका प्रसिद्ध फिल्महरू गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम ३, हार्ट अफ स्टोन, बार्बी, मिसन इम्पोसिबल डेड रिकोनीङ पार्ट वान, जोन विक च्याप्टर ४ जस्ता फिल्मसँग गोर्खा वारियरमार्फत अभिनेता रितेश चाम्सले प्रतिस्पर्धा गर्नु हाम्रो लागि गौरवको विषय हो’ निर्देशक चाम्स भन्छन् ‘हाम्रो विषय र कलाकार विश्वका ठुला फिल्मसँग प्रतिष्पर्धा गर्न उभिनु नै हाम्रो जीत हो। हाम्रो विषयलाई विश्वले कति प्राथमिकता दिन्छ भन्ने तथ्यलाई गोर्खा वारियरले पुष्टि गरेको छ।

लन्डनको सिने वल्र्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुभकामना सन्देश पठाउनु, प्रिमियरमा ब्रिटिस गोर्खाका उच्चस्तरीय सैनिक सरिक हुनुजस्ता विषयले यो फिल्मले नेपालमा भन्दा बढी विदेशमा चर्चा पाएको छ। गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका सञ्चार माध्ईले यसलाई प्राथमिकता दिएर समाचार प्रसारण र प्रकाशन गरिरहेका छन्।

चाम्सले बेलायतमा रहेको लन्डन सिने आई यसको प्रोडक्सन भएको कारण पनि बाफ्टामा प्रवेश पाएको बताए। ‘नेपाली फिल्म र बाफ्टाको इतिहासमै पहिलोपटक नेपाली फिल्मले बाप्mटामा इन्ट्री पाएकोमा म अनि मेरो टिमको खुसीको सीमा नाघेको छ। यो सजिलो कार्य पक्कै थिएन।

तर, लङ लिस्टको लागि गोर्खा वारियर हलिउडका ठूला ठूला सिनेमासँग प्रतिस्पर्धा गर्दैछ’ मिलन खुसी व्यक्त गर्दै भन्छन् ‘हार्नु जित्नु अलग कुरा हो, तर, गोर्खा वारियरले इतिहास राख्ने काम जारी राखेको छ। संसारकै प्रतिष्ठित अवार्डमध्ये एक बाफ्टामा हामी सहभागी भयौँ। अब अन्य नेपाली सिनेमा पनि सहभागी हुनुपर्छ। हामी सफल हुनु वा असफल हुनु फरक पाटो हो। हामी हाम्रो फिल्मको स्तरीयता र विषयलाई त्यहाँ पु¥याउन सफल भएका छौँ। आगामी दिनमा नेपाली फिल्मलाई हेर्ने दृष्टिमा भिन्नता हुनेछ भन्ने विश्वास लिएको छु।’

गत वर्ष बाफ्टामा आरआरआर र गंगुवाई कठियावाडीजस्ता फिल्म पहिलो चरणका लागि छनोट हँदा भारतीय सञ्चार माध्यममा निकै चर्चा भएको थियो। तर, ती फिल्मले दोस्रो चरणमा प्रवेश नै पाएन। गोर्खा वारियरका अभिनेता रितेश चाम्ससँगै हलिउड फिल्मका अभिनेता यो प्रतिष्पर्धामा छन्।

अभिनेता चाम्सले पहिलो फिल्ममार्फत नै यस किसिमको चर्चा पाउनु सपनाझँ महशुस भएको बताए। ‘हाम्रो फिल्मले पाइरहेको सम्मान मेरा लागि सोचभन्दा निकै माथि छ। डेब्यु फिल्ममै मिलन चाम्सजस्तो राष्ट्रिय पुरस्कार विजेता निर्देशकसँग काम गर्न पाए, उहाँकै कारण यो सफलता सम्भव भइरहेको छ’ उनी भन्छन्।

मिलनले फिल्मलाई वास्तविक युद्धको शैलीमा निर्माण गरेका छन्। पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिने वल्र्डमा नेपाली फिल्मको प्रिमियर गरेर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल गोर्खा वारियरमा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा देखाइएको छ। नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर वाङ्देल, कविता आले, विरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *