हेर्नुहोस् त कलङ्कीको उत्तरी हाइटको दुर्दशा 

हेर्नुहोस् त कलङ्कीको उत्तरी हाइटको दुर्दशा 

कलङ्कीको उत्तरी हाइटको दुर्दशा देखाउँदै लेखक पोखरेल

काठमाडौं  ।

मुलुकको राजधानी काठमाडौं । काठमाडौंको प्रवेशद्वार कलङ्की । देशकै सबैभन्दा पुरानो र महत्त्वपूर्ण महानगर काठमाडौं महानगर,सोही नगरको  महत्त्वपूर्ण वडा १४ नम्बर र कलङ्की क्षेत्र। यही  महानगरपालिका–१४ कलङ्कीको उत्तरी हाइटमा वर्षौँदेखि खानेपानीको हाहाकार छ।

आज पनि ट्याङ्करबाट मात्र खानेपानी सप्लाईको एक मात्र विकल्प। अचम्म छ यो क्षेत्रमा  ….. आम मान्छेले नपत्याउलान् तर यथार्थ यही हो।

खानेपानीका लागि यो क्षेत्र नेपाल कै सबै भन्दा टाढा दुर्गम, अविकसित, कम चेतना अशिक्षित, गरिबी, अभाव आदि जे उपनाम दिए पनि हुनेखालको ग्रसित भूभागको रूपमा परिचित छ भन्दा अतियुक्ति नहोला।

मैले थाहा पाएसम्म र स्वयं आफै बसेको १७ वर्षको अनुभवको आधारमा समेत अरू विकल्प विहीन एक मात्र ट्याङ्करबाट ल्याएको पानी मात्रको स्रोत नै यहाँको मुख्य आधार हो।

सिंहदरबारबाट ३/४  किमी टाढाको यो बस्तीका जनता धेरै भौतारिए, स्रोत खोजे, नेता गुहारे, सरकारी संयन्त्रको सोधखोज गरे, धेरै आश्वासन खाए तर सधै हात लायो शून्य कहिल्यै धाराबाट खानेपानी झरेर खान पाएनन्।

म आफै साक्षी छु हारगुहारमा कुदेको छु सम्बन्ध सम्पर्कलाई परिचालित गरेको छु तैपनि उपाय नास्ति कुनै प्रगति गर्न सकिएन । खानेपानी संस्थानले त वास्ता गरेन–गरेन पछिल्लो चरण केयुकेलको आशा जगाइयो, विकल्पको मनन पनि गरियो, अपेक्षा राखियो तर माछो माछो भ्यागुतो हुने छाँट देखिँदै छ ।

नेपाल सरकारको आधारभूत आवश्यकता पुरा गर्ने भित्र पर्छ खानेपानी। अझ घर–घरमा खानेपानीको धारा पुर्‍याउने राष्ट्रिय लक्ष्यमा यहाँ न महानगर, न प्रदेश सरकार, न केन्द्र सरकारले वास्ता गरेको छ।

बत्ती मुनि अँध्यारो भने जस्तै यति नजिक यति पहुँच योग्य स्थल हुँदा समेत  राष्ट्रिय लक्ष्य पुरा हुन यति गाह्रो छ भने अन्यत्र कस्तो होला पक्कै अनुमान गर्न सकिन्छ।

हारगुहार गर्दा गर्दा उपाय नभएर नै आज यो लेख मार्फत यहाँका जनताको भावनाको माग पुनः सार्वजनिक रूपमा प्रस्तुत गरेको छु। सम्बन्धित सरोकारवालाहरुको ध्यान पुगोस् हार्दिक अपिल समेत गर्दछु । …..जयहोस्

लेखक नेपाल सरकारका कर्मचारी र स्थानीय बासी समेत हुन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *