एसओएसमा वार्षिक खेलकुद

एसओएसमा वार्षिक खेलकुद

पोखरा । पोखरा १७, घारीपाटनस्थित एसओएस हर्मन माइनर विद्यालय पोखराले वार्षिक कार्यक्रम अन्तर्गत खेलकुद सम्पन्न गरेको छ । सो अवसरमा अन्तरसदनात्क र खुला प्रतियोगिताका २ दर्जन बढी प्रतिस्पर्धा गराएको विद्यालयका खेल शिक्षक थुप्तेन छिरिङले बता ।

तिब्बतीयन कल्याणकारी कार्यालय नेपालका मुख्य प्रतिनिधि छप्री लोपन टुल्कु नवाङ छोडुपले खेलले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकासमा सहयोग पुग्नेमा जोड दिए । उनले खेलको माध्यमबाट विश्वप्रसिद्ध बन्न सकिने धारणा राखे ।

विद्यालय प्राचार्य फुर्वु ठिन्लेले विद्यालयले विद्यार्थीलाई शैक्षिक र खेलकुदको माध्यमबाट व्यक्तित्व विकाससँगै चरित्र निर्माणमा जोड दिँदै आएको बताए । उनले खेलाडी र अनुशासन एउटै सिक्काका २ पाटा भएको भन्दै अनुशासित विद्यार्थी नै सफलताको शिखरमा पुग्नेमा जोड दिए ।

विद्यालयका हेडमास्टर तेन्जिन दोर्जेले विद्यार्थी र खेल परिपूरक भएको धारणा राखे । कार्यक्रममा विभिन्न खेल प्रतियोगितमा विजयी विद्यार्थीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगितामा नीलो सदन प्रथम, हरियो सदन द्वितीय, पहेंलो तृतीय र चौंथो स्थानमा रातो सदन भए । सो अवसरमा दौड, रिले दौड, छेलो, हाइ जम्प, लङ जम्प, स्याक रेस, स्किपिङ, अब्स्ट्याकल रेसलगायतका खेलमा अन्तरसदनात्मक र खुला प्रतिस्पर्धामा विद्यार्थीले भाग लिएका थिए । प्रत्येक सदनले मार्चपास प्रदर्शन गरेर कला प्रदर्शन गरेका थिए । साथै योगाभ्यासको डेमो प्रदर्शन गरिएको शिक्षक अमृत घिमिरेले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *