पूजाको एक्सनले भरिएको दान्भीको टिजर

पूजाको एक्सनले भरिएको दान्भीको टिजर

काठमाडौं ।

राजधानीमा आयोजित एक समारोहबीच नायिका पूजा शर्माले केन्द्रीय भूमिकामा अभिनय गरेको फिल्म दान्भीको टिजर सार्वजनिक गरिएको छ।

रूपेश तामाङको निर्देशन तथा देव मगर र अनुप गडालद्वारा निर्मित फिल्मको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ। फिल्ममा पूजा शर्माको दमदार एक्सन अवतार छ।

पूजाको एकस्न दर्शकका लागि रोचक हुन सक्छ। लामो समयपछि नायिका केन्द्रित एक्सन फिल्ममा पूजाको साथमा नव–नायक कुन्साङ बोमजमको मुख्य भूमिका छ।

जुना फिल्म्स्को ब्यानरमा निर्माणाधीन फिल्ममा नायक कुन्साङको भूमिकाले पनि दर्शकलाई रोमाञ्चकता प्रदान गर्न सक्छ।

रविना थापा मगरको कथा, संजोग कु“वर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालीको संगीत, श्री श्रेष्ठको एक्सन, हरि बहादुर घलेको डीओपी, बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माता तथा कमला लिम्बू, पञ्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन कु“वर सह–निर्माता रहेका छन्।

फिल्मको एक साताको छायांकन दार्जिलिङमा गर्ने तयारी निर्माण पक्षले गरेको छ। फिल्मको प्रदर्शन मिति केही समयमा नै तय गर्ने निर्देशक तामाङले जानकारी गराएका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *