प्रधानमन्त्री कप महिला क्रिकेट: कोशीले गण्डकी प्रदेशलाई हरायो

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशीले गण्डकी प्रदेशलाई हरायो

काठमाडौं ।

प्रधानमन्त्री कप महिला टी- २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा कोशीले गण्डकीलाई ५५ रनले पराजित गरेको हो।

कोशीले दिएको १०४ रनको लक्ष्य पछ्याएको गण्डकीले १५ ओभरमा अल आउट हुँदै ४८ रन मात्र बनाउन सक्यो। गण्डकीका लागि सुमन खतिवडाले २१ रन बनाएकी थिइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यो जितपछि कोशी प्रदेशको ५ खेलमा ८ अंक भएको छ भने गण्डकीले चौथो हार बेहोरेको छ । गण्डकीको ५ खेलमा २ अंक मात्र रहेको छ।

कोशी अंक तालिकामा दोस्रो स्थानमा रहेको छ भने गण्डकी छैटौं स्थानमा रहेको छ। अब कोशीले विहिबार सुदूरपश्चिम प्रदेशको सामना गर्ने छ भने गण्डकीले बिहिबार एपीएफको सामना गर्ने छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *