सलमानका भाई अरबाज खानले गरे दोस्रो विवाह

सलमानका भाई अरबाज खानले गरे दोस्रो विवाह

एजेन्सी ।

बलिउड अभिनेता अरबाज खानको भव्य विवाह उनकी बहिनी अर्पिता खानको घरमा भएको छ। कलाकार अरबाज खानले मेकअप आर्टिस्ट शौरासँग दोस्रो विवाह गरेका हुन।

यो भव्य विवाहमा सहभागी हुन सलमान खानको परिवारसहित धेरै स्टार अर्पिताको घर पुगेका थिए। अरबाज र शौराको विवाहको लागि सलमान खानकी बहिनी अर्पिता खानको घरलाई सुन्दर ढंगले सजाइएको थियो।

अरबाज र शौरा बाहेक अहिले पूरै खान परिवार विवाहलाई विशेष र यादगार बनाउनको लागि अर्पिताको घरमा उपस्थित भएका हुन।  समाचारका अनुसार यस स्टार जोडीको विवाहमा गायिका हर्षदीप कौर पनि उपस्थित भएर भव्य प्रस्तुति दिएका छन्।

यसका लागि सलमान खान, सलिम खान र उनका दुई श्रीमती, नायिका रविना टण्डन, राशि थडानी र सोहेल खान पनि अरबाजको विवाहमा सहभागी हुन पुगेका थिए।

यसबाहेक सलमान खानकी प्रेमिका युलिया पनि अर्पिताको घर पुगेकी छिन, जसले कालो लेहेंगा लगाएकी थिइन। अरबाजकी बहिनी अलविरा पनि पति अतुलसँग विवाहमा सहभागी हुन पुगेकी थिइन।

सो विवाहपछि अभिनेत्री रविना टण्डनले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् । जसमा उनी अरबाज खानसँग नाच्दै देखिएकी छिन्। अरबाजले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शौरा खानसँग विवाह गरेका हुन।

जहाँ दुलही शौरा हिजाब लगाएर पुगेकी थिइन्। शौरा खानले हल्का गुलाबी रङ्गको भारी गाउन लगाएकी छिन्। जसमा जरीको काम भएको छ।

शौराले गाउनसँगै हिजाब पनि लगाएकी छिन्। हालै सार्वजनिक भिडियोमा उनी कारबाट ओर्लिएर अर्पिता खानको घर भित्र पसेको देखिन्छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *