डेभिड वार्नरले लिए एकदिवसीय क्रिकेटबाट संन्यास

डेभिड वार्नरले लिए एकदिवसीय क्रिकेटबाट संन्यास

Australia’s David Warner celebrates after scoring a century (100 runs) during the 2019 Cricket World Cup group stage match between Australia and Pakistan at The County Ground in Taunton, southwest England, on June 12, 2019. (Photo by Saeed KHAN / AFP) / RESTRICTED TO EDITORIAL USE (Photo credit should read SAEED KHAN/AFP/Getty Images)

काठमाडौं ।

अस्ट्रेलियाका विस्फोटक ब्याटर डेभिड वार्नरले एकदिवसीय क्रिकेटबाट संन्यास लिएका छन्। क्रिकेट अस्ट्रेलियाले वार्नरको सन्यासको पुष्टि गरेको छ।

वार्नरले एकदिवसीय क्रिकेटबाट संन्यास लिएपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा टिमलाई आफ्नो आवश्यकता परेमा आफु उपलब्ध हुने समेत बताएका छन्। वार्नरले आफु टी-२० खेल भने खेलिरहने बताएका छन्।

यसअघि वार्नरले पाकिस्तानविरुद्धको जनवरी ३ बाट हुने टेस्ट आफ्नो अन्तिम टेस्ट हुने घोषणा गरेका थिए। उनले टी-२० का फ्रेन्चाईज क्रिकेटमा आफ्नो ध्यान केन्द्रित गर्न एकदिवसीय र टेस्ट क्रिकेट छोडेको बताएका छन्।

वार्नर टी-२० विश्वकपमा अस्ट्रेलियाका लागि खेल्न सक्ने छन् भने हाल बिग बास लिगमा सिड्नी थण्डर्सका लागि खेलिरहेका छन्। त्यस्तै उनी आइएलटी-२० मा दुबई क्यापिटल्सका लागि खेल्ने छन्। त्यस्तै आईपीएलमा उनी हाल दिल्ली क्यापिटल्समा रहेका छन्।

वार्नरले एकदिवसीयमा १६१ खेलमा २२ शतक र ३३ अर्धशतकसहित ६ हजार ९३२ रन बनाएका छन्। त्यस्तै टेस्टमा १११ खेलमा २६ शतक र ३६ अर्धशतकसहित ८ हजार ६९५ रन बनाएका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *