
सैनिक आवासीय महाविद्यालयमा भएको प्रतियोगितामा पोखरा नागढुंगास्थित न्यू मोडल प्रथम भयो । न्यू मोडलका एरिज पोख्रेल (कक्षा १०) र अनिज पोख्रेल (कक्षा ८) को टिम प्रथम भएको हो । उनीहरु सहोदर दाजुभाइ हुन् । यस्तै, गण्डकी आवासीय बोर्डिङ स्कुल दोस्रो र बालोदय (ख) ले तेस्रो भए । उनीहरुले क्रमशः १२, ८ र ६ हजार प्राप्त गरे । सान्त्वना भएका बालोदय (क), माछापुच्छे मावि र अमरसिंह माविले २/२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
गत ८ पुसदेखि कास्कीका ४ पालिकाका ३० विद्यालय र १३ पुसमा पोखरा महानगरका ८६ विद्यालय गरी कुल १ सय ६ विद्यालयहरुबीच भएको छनौट चरण १८ विद्यालय छानिएका थिए । तीमध्ये सेमिफाइनलमा परेका विद्यार्थीबीच १४ पुसमा पुनः प्रतियोगिता भएकाे हो ।
प्रतियोगिताको औपचारिक सत्रमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्राडा मीनबहादुर श्रेष्ठ, विश्वविद्यालय शिक्षकतर्फबाट भद्रराज त्रिपाठी, सामुदायिक विद्यालय शिक्षकमध्ये जनजागृति मावि,
सराङकोटका घनश्याम रेग्मी, संस्थागत विद्यालय शिक्षकमध्ये मदरल्यान्डका देवेन्द्र भट्टराई तथा विद्यावारिधि गर्ने आजीवन सदस्यद्वय खरिका पराजुली र ईश्वरमणि अधिकारीलाई सम्मान गरिएको थियो । गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, सैनिक आवासिय मावि प्राचार्य राजेन्द्रकुमार लाखे लगायतले उनीहरुलाई दोसल्ला एवं प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
परिषद् अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष खगेन्द्र बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।