पोखरा विश्वविद्यालय र गोरखपुर विश्वविद्यालयबीच सम्झौता

पोखरा । पोखरा विश्वविद्यालय र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबीच एकआपसमा शैक्षिक एवं अनुसन्धान सम्बन्ध स्थापित गर्ने मूल उद्देश्यलाई लिएर समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, कास्कीमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा प्रेमनारायण अर्याल र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा. पुनम टण्डनले हस्ताक्षर गरे ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीलगायत संकायका डिनहरू एवं विभिन्न निकायका प्रमुखहरूको उपस्थितिमा हस्ताक्षर हस्ताक्षर भएको हो । समझदारीपछि दुवै संस्थालाई शैक्षिक र अनुसन्धान सम्बन्ध स्थापित गर्नुका साथै संयुक्त अनुसन्धान तथा सम्मेलनलगायत अन्य शैक्षिक सहकार्यको दिशामा अगाडि बढ्न बाटो खुलेको छ ।

सम्झौता समारोहमा पोविविका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, गोविवि उपकुलपति प्रा. पुनम टण्डन र अन्तर्राष्ट्रिय सेलका निर्देशक डा. रामवन्त गुप्ता एवं पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा. उमेशसिंह यादवले आ–आफ्नो संस्थाको परिचयसहित शैक्षिक एवं अनुसन्धान क्रियाकलापलाई कसरी प्रगाढ र सुदृढ गर्नेबारे विचार राखेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top