असार ३० ।
जसपाको विरगन्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले बाबुराम भट्टराईलाई हटाएर संघीय परिषद्को अध्यक्ष अशोक राईलाई बनाएको छ ।
जसपाबाट डा. बाबुराम भट्टराई समूह अलग भएपछि भट्टराईको ठाउँमा राईलाई राखिएको हो ।
बैठकले डा. बाबुराम भट्टराई, हिसिला यमी, भक्तबहादुर साह, प्रशान्त सिंह, गंगा श्रेष्ठ, महेन्द्र राय यादव, रमेश यादव,र दुर्गा साेवको साथै कपिलवस्तुको दानबहादुर चाैधरीलाई पनि कारबाही गरेकाे छ ।
जससाका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार उनीहरुलाई कारबाही स्वरुप सम्पूर्ण जिम्मेवारीबाट हटाइएको हो ।