पोखरा इन्जिनियरिङमा बिइआइटी पढाइ

पोखरा इन्जिनियरिङमा बिइआइटी पढाइ

पोखरा । पोखरा इन्जिनियरिङ कलेजले यसै शैक्षिक सत्रदेखि ब्याचलर अफ इन्जिनियरिङ इन इन्फर्मेसन टेक्नोलोजी (बिइआइटी) अध्यापन सुरु गरेको छ । भर्ना भएका विद्यार्थीलाई कलेजले सोमबार अभिमुखीकरण कार्यक्रमको आयोजना गर्‍यो ।

कलेजका प्रिन्सिपल इ. सोम गुरुङको अध्यक्षता र राष्ट्रिय अविष्कार केन्द्र, गण्डकी प्रदेशका आइसिटी एन्ड इलेक्ट्रोनिक्स इन्नोभेसन ल्याबका कार्यक्रम संयोजक इ. हरिबहादुर पहाडीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीलाई आइटी विषयको महत्वबारे जानकारी दिइएको थियो ।

संयोजक पहाडीले पोखरा कलेजका उल्लेख्य विद्यार्थीले आविष्कार केन्द्रमा विभिन्न तालिमहरू लिँदै गरेको र कलेजसँग आविष्कार केन्द्र हातेमालो गरेर जान तयार रहेको बताए । उनले विश्वबजारमा अथाह सम्भावना बोकेको आइटी क्षेत्रले वर्तमान समयमा देशलाई टुरिजमले भन्दा राम्रो आय दिएको उल्लेख गरे । पोखरालाई सिलिकन सिटीको रुपमा विकसित गर्ने आविष्कार केन्द्रको सोच रहेकाले प्रविधिकसँग जोडिएको रहेकाले होस्टेमा हैंसे गर्नुपर्नेमा जोड दिए । विभागीय प्रमुख ई. सुरज वसन्त तुलाचन, परीक्षा प्रमुख इ.सन्दीप गुप्ता र प्रशासन प्रमुख चिजकाजी गुरुङले पनि बोलेका थिए । कलेजका प्रिन्सिपल ई. सोम गुरुङले बजारको मागबमोजिमको प्राविधिक उत्पादन गर्न कलेज कटिबद्ध रहेको बताउँदै आविष्कार केन्द्रसँग सहकार्य गरेर जान कलेज तयार रहेको बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *