पोखरा, २२ पुस । लायन्स क्लब अफ पोखरा हिमालयन र नेपाल परिवार नियोजन संघ कास्कीको संयुक्त आयोजनामा निशुल्क यौन तथा प्रजनन् स्वास्थ्य शिविर भएको छ । लमजुङको मध्य नेपाल नगरपालिका –३ स्थित मंगला माविमा शनिबार भएको शिविरमा १ सय ३९ जना लाभान्वित भए । शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, यौनजन्य संक्रमणको परिक्षण तथा उपचार गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै मध्य नेपाल नगरपालिका –३ का वडाध्यक्ष केशव न्यौपानले जनतालाई केन्द्रमा राखेर गरिने सेवा उत्कृष्ट हुने बताए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले संघ सरकार, समुदाय र संघसंस्थासँग हातेमालो गर्दै अघि बढ्न चाहेको उल्लेख गरे । त्यस अवसरमा डिस्टिक ३२५ एल का कोचिफ एड्भाइजर तीर्थलाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौला, सहायक प्रधानाध्यापक श्रीधर घिमिरे लगायतले बोलेका थिए ।
कार्यक्रममा लायन्स क्लबले निर्माण गरेको विद्यार्थी संक्षिप्त अभिलेख कक्ष विद्यालयलाई हस्तान्तरण गरिएको थियो । क्लबका पूर्वअध्यक्ष हरि श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई कार्पेट सहयोग गरेका थिए । क्लबका अध्यक्ष नवीन नापितको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक अशोक गुरुङले स्वागत र प्रथम उपाध्यक्ष विष्णुमाया कायस्थले सञ्चालन गरेकी थिइन् ।