गोगन माविको वार्षिकोत्सव

गोगन माविको वार्षिकोत्सव

पोखरा । पोखरा ३२ गगनगौंडास्थित गोगन माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम विव्यस अध्यक्ष मेघराज पौडेलको अध्यक्षतामा सम्पन्न भयो । पोखराका मेयर धनराज आचार्यले कार्यक्रम उद्घाटन गर्दै सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा निकाल्न सफल भएकोमा धन्यवाद ज्ञापन गरे ।
पोखरा शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्री सुवेदीले समेत शुभकामना ज्ञापन गरे । विद्यालयमा स्थापित चन्द्ररत्न, बादल स्मृति, स्व.कविराम, त्रिलोचन सीता एवं स्व.कृष्ण द्वा स्मृति अक्षयकोषको पुरस्कार शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई प्रदान गरियो । विद्यालयको समग्र आयव्यय एवं कार्ययोजना विद्यालयका प्रधानाध्यपक मोहनराज बरालले प्रतिवेदन प्रस्तुत गरे । शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय गुरुङले स्वागत तथा शिक्षकद्वय विनोद भण्डारी र गीता थापाले सञ्चालन गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *