रोनिश र आयुष्मालाई उपाधि

रोनिश र आयुष्मालाई उपाधि

काठमाडौं ।

मोडल हन्ट नेपाल २०२३ को उपाधि रोनिश खड्गी र आयुष्मा पौडेलले जितेका छन्।

हालै राजधानीको सोल्टिमोडस्थित होटल सोल्टिमा आयोजित समारोहका बीच सम्पन्न प्रतियोगितामा पुरुषतर्फ लक्की राणा पहेली फस्ट र शौनाक मल्ल सेकेन्ड रनर्सअप भए भने महिलातर्फ रिया मेहता फस्ट र मोनिका बुढाथोकी सेकेन्ड रनर्सअप भए।

प्रतियोगितामा छिरिङ फुंस्टोक गुरुङ र मोनिका बुढाथोकी मस्ट पपुलर, सोहज खान र रिया मेहता फोटो जेनिक, लक्की राणा पहेली र क्रिस्टिना ढुंगाना कमर्सियल मोडल, रोनिश खड्गी र सहारा केसी पब्लिक च्वाइस, आवाज कार्की र सुजल बम बेस्टवाक, आंसुतोष थापा र लिसा बर्नवाल मस्ट स्टाइलिस, सुन्रील अधिकारी र अनिसा मैनाली बेस्ट पर्सनालिटी, रोनिश खड्गी फिटनेस मोडल, मेधना श्रेष्ठ बेस्ट फिगर, सुजल बम र सोनिया तामाङ (भिन्न क्षमताको सहभागी) स्पेसल रिकगननेसन अवार्ड विजेता भए।

प्रतियोगिताका विजेता रोनिशले पार्टो रिकोमा हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता रनवे मोडल इन्टरनेशनल र आयुष्माले थाइल्यान्डमा हुने मोडलिङ प्रतियोगिता सुपर मोडल इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

प्रतियोगितामा अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, मिस नेपाल २०२० नम्रता श्रेष्ठ, मिस युनिभर्स २०२२ सोफिया भुजेल, मिस्ष्टर नेपाल २०२३ समर्पण कार्की र मदन रौनियार निर्णायक रहेका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *