रंगेलीको रूप

रंगेलीको रूप

काठमाडौं ।

लोकप्रिय कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै फिल्म रंगेलीका दुई पोस्टर सार्वजनिक गरिएको छ।

एक पोस्टरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई आमने सामने प्रस्तुत गरिएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ।

यसअघि प्रवीण खतिवडासहित राई, थापा र मगरका पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन नेपाललगायत विभिन्न देशमा एकसाथ रिलिज हुने फिल्म अर्जुन सुवेदीको लेखन र निर्देशनमा निर्माण भएको हो।

दयाहाङ, अर्पण, मिरुना, प्रवीण, रमेश बुढाथोकीलगायत कलाकारको प्रमुख भूमिका रहेको फिल्मका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ।

संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठद्वारा निर्मित फिल्ममा जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता, युवक कार्की र शिव शंकर चौलागाईं सह–निर्माता तथा विवेक खड्का (योलो) एसोसियट निर्माता रहेका छन्।

अमेरिकामा कलाकारसहित भीआईपी रेड कार्पेट प्रिमियर हुने फिल्म नेपालस“गै अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङलगायतका विश्वका विभिन्न मुलुकमा एकसाथ रिलिज हुनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *