पोखरा । पोखरा–२५, सुइखेतस्थित अम्बिका मावि नमुना विद्यालय बन्दै गएको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोहका वक्ताहरूले बताएका छन् ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगर प्रवक्तासमेत रहेका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले अम्बिकाले पछिल्लो समयमा फड्को मारेको चर्चा गर्दै अम्बिका चाँडै नै नमुना विद्यालय बन्ने औंल्याए । वडाध्यक्ष तिमिल्सिनाले अम्बिकाकोे गौरवमय इतिहास र महŒव रहेको चर्चा गर्दै विद्यालय पुनः जागरणमा भूमिका खेल्ने सबैप्रति आभार प्रकट गरे । विद्यालय पर्खाल तथा खेल मैदान निर्माणमा वडाको सहयोग रहने प्रतिबद्धतासमेत उनले जनाए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्व महानिर्देशक बाबुराम पौडेलले अम्बिकाप्रति आफ्नो उच्च सम्मान रहेको स्पष्ट पार्दै अम्बिकालाई नमुना विद्यालय बनाउन सबैले संकल्प गर्नुपर्ने धारणा राखे । उनले पोखरा २५ लाई शिक्षाको नमुना वडा बनाउन सुझाव दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्ण भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष महादेव अधिकारी, शिशु पोषण अक्षयकोषका संस्थापकसमेत रहेका पूर्व शिक्षक नेत्रपाणि भण्डारी, विद्यार्थी सिम्रन महतोलगायतले पनि धारणा राखे ।
कार्यक्रममा अक्षयकोषदाताहरू माधवशरण बास्तोला र मीना अधिकारी, पूर्व विद्यार्थी डा. लेखनाथ भण्डारी, जनहितैषी फाउन्डेसका संस्थापक अध्यक्ष बोधराज अधिकारी तथा आफ्नो विषयमा शत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल प्रधानाध्यापक ओमप्रसाद पौडेल, शिक्षकहरू आशीष बास्तोला, मैयाँ बस्नेत र रोशन सुवेदीलाई सम्मान गरियो । त्यसैगरी उत्कृष्ट शिक्षकबाट छविलाल पौडेल तथा अञ्जली देवकोटा सम्मानित भए । विद्यालयका अध्यक्ष दीपकबहादुर थापाले सबैको साथ सहयोगबाट विद्यालय यहाँसम्म आएको स्पष्ट पार्दै शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनको समन्वयबाट सञ्चालन भइरहेको औंल्याए ।
प्रधानाध्यापक ओमप्रसाद पौडेलले विद्यालयलाई नमुना बनाउन आफूहरू लागि परेको स्पष्ट पार्दै विद्यार्थीको तुलनामा अझै पनि कक्षाकोठा अभाव रहेको सुनाए । उनले प्रयोगशाला, खेल, नृत्य, पिटी तथा संगीत शिक्षक राख्ने प्रयास भइरहेको छ भन्दै विद्यार्थीको सर्वांगीण विकासमा विद्यालय प्रशासन चनाखो रहेको सुनाए ।
कार्यक्रममा कालिकाचोक, मिलीजुली, मिलन तथा सिर्जनशील आमा समूहले व्यवस्थापकीय सहयोग गरे । त्यस्तै कलाकार सुरेशरमण अधिकारीलगायत विद्यार्थीहरू सृष्टि विक, निशा विक, प्रतिमा परियारलगायत समूहले विभिन्न सांस्कृतिक प्रस्तुति राखे । त्यस्तै शैक्षिक पुरस्कारसमेत वितरण गरियो ।
विद्यालयका अध्यक्ष थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक उपेन्द्र अधिकारीले स्वागत तथा शिक्षक मीना सापकोटाले कार्यक्रम सञ्चालन गरिन् ।
साधारण शिक्षाका अलवा प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ कक्षा ९–१२ सञ्चालित विद्यालयमा हाल ७ सय ५० विद्यार्थी अध्ययनरत छन् ।