ताइवानको राष्ट्रपतिमा विलियम लाइ विजयी

ताइवानको राष्ट्रपतिमा विलियम लाइ विजयी

एजेन्सी ।

सत्ताधारी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का विलियम लाइ चिङ्ते ले ताइवानको राष्ट्रपति चुनाव जितेका छन्। ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा भनी दाबी गर्ने चीनको चेतावनीको बाबजुद पनि चिङतेले राष्ट्रपति निर्वाचनमा जीत हासिल गरेका हुन।

हालका उपराष्ट्रपति लाइ सन् २०१९ मा मात्र स्थापना भएको ताइवान पिपुल्स पार्टी (टीपीपी) का कन्जरभेटिभ कुओमिन्ताङ (केएमटी) का हउ यु इह र ताइपेईका पूर्व मेयर को वेन जेसँग तीनतर्फी प्रतिस्पर्धामा थिए।

केन्द्रीय निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको आंशिक नतिजा अनुसार लाइले ४०.२ प्रतिशत मत ल्याउन सफल भएका छन्। विपक्षी हाउले हार स्वीकार गर्दै लाइलाई जितको लागि बधाई दिए। उनले डीपीपी हटाउन नसकेकोमा केएमटी समर्थकहरूसँग माफी पनि मागे र अर्का प्रतिस्पर्धी कोले पनि हार स्वीकार गरेका छन्।

‘म ताइवानी जनतालाई हाम्रो लोकतन्त्रमा नयाँ अध्याय लेखेकोमा धन्यवाद दिन चाहन्छु,’ लाइले विजयी भए पछि आफनोभाषणमा भने । उनले सो क्रममा आफ्ना दुई विरोधीहरूलाई आफ्नो विजयी स्वीकार गरेकोमा धन्यवादसमेत दिए।

‘हामी अन्तर्राष्ट्रिय समुदायलाई लोकतन्त्र र अधिनायकवादको बिचमा, हामी लोकतन्त्रको पक्षमा उभिनेछौँ भनेर भनिरहेका छौँ।’ विजयी भए पछि उनले सम्मान र समानतामा आधारित वार्ताको आफ्नो चाहना दोहोर्‍याउँदै चीनसँग स्वस्थ र व्यवस्थित आदान प्रदानमा फर्कने आशा व्यक्त गरेका छन्।

उता, लाइ विजयी भए पछि चीनले पहिलो प्रतिक्रिया दिएको छ। बेइजिङको ताइवान मामिला कार्यालयका प्रवक्ता चेन बिन्हुआले सरकारी समाचार एजेन्सी सिन्ह्वाले जारी गरेको विज्ञप्तिमा ‘ताइवान चीनको ताइवान हो’ भन्ने उल्लेख गरेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *