ब्यान्डहरू बार र क्लबमा सीमित भए : विवेक श्रेष्ठ

ब्यान्डहरू बार र क्लबमा सीमित भए : विवेक श्रेष्ठ

पोखरा ।

लोकप्रिय सांगीतिक समूह कन्दरा ब्यान्डले पोखराबाट आफ्नो नयाँ सांगीतिक यात्रा शुरु गर्ने भएको छ।

नेपाली संगीतको क्षेत्रमा निकै चर्चा पाएको कन्दरा ब्यान्डले दशकौंपछि पुनः पोखराबाटै आफ्नो सांगीतिक यात्रालाई अघि बढाउने लक्ष्यका साथ आज शुक्रबार कन्दरा सांगीतिक अभियान लाइभ कन्र्सट गर्न लागेको हो।

पोखरा महानगरपालिका ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुक्रबार सा“झ कन्र्सटको आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा ब्यान्डका गायक विवेक श्रेष्ठले जानकारी दिए।

गायक श्रेष्ठले नेपालमा एक–दुईबाहेक सबै ब्यान्ड बार र क्लबमा सीमित भएको बताए। उनले नयाँ पुस्तामाझ कन्दरा ब्यान्ड ब्युँतिएको सुनाए। आफुहरूले पहिला घर देश अनि मात्र परदेशको अवधारणा अघि बढाउ“दै पुनः पोखराबाटै कन्दरायको नयाँ यात्रा शुरु गर्न लागेको स्पष्ट पारे।

आफूहरूले कन्र्सट र नयाँ गीत निकाल्ने क्रममा कुनै न कुनै प्रपोज लिएर मात्र गाउने पनि उनले बताए। साथै, कन्र्सटले पर्यटन प्रवर्द्धनमा समेत भूमिका खेल्ने उनको भनाइ छ।
‘नेपालमा लाइभ कन्र्सट कमै मात्र म्युजिक ब्यान्डले गर्ने गरेको पाउँछौ। पछिल्लो समय हेर्दा त ब्यान्डहरू झन् बार र क्लबमा सीमित हुन पुगेका छन्।

लाइभ कन्र्सट चुनौती हो। हुन त ब्यान्ड चलाउनका लागि निकै चुनौती छ। त्यसैले पनि लाइभ कन्र्सट भन्दा बार र क्लबतर्फ जान थालेका होलान्’ उनले भने, ‘हामीले नयाँ पुस्तासँग साक्षात्कार गर्ने प्रयास गरेका छौं। गीत गाएर मात्रै पर्यटन प्रवर्द्धन हुने भन्ने होइन, हामी संवाहक बन्ने हो। त्यहाँ केही प्रपोज हुन्छ।’

अल्फा स्क्वायर प्रा.लि.को व्यवस्थापनमा हुन लागेको लाइभ कन्र्सटमा दश हजार दर्शक आउने अपेक्षा गरिएको छ। कन्सर्ट पोखरा पर्यटन परिषद्को आयोजनामा हुन लागेको हो।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कन्दरा सांगीतिक अभियानको पहिलो र ठूलो कन्र्सटको रूपमा रहने दाबी गरे। उनले सांगीतिक अभियानले पोखराको पर्यटनको क्षेत्रमा समेत टेवा पुग्ने बताए।

उनका अनुसार पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने, घुमफिर संस्कृति एवम् दीगो पर्यटनलाई प्रोत्साहित गर्दै अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउँदै गीत–संगीतको जगेर्ना गर्ने योजनासहित कन्दरा सांस्कृतिक अभियान चलाएको हो।

कन्दराको हालसम्म ६ एल्वम सार्वजनिक भएका छन्।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *