शान्ति उदय माविको वार्षिकोत्सव

शान्ति उदय माविको वार्षिकोत्सव

पोखरा । पोखरा ३३ भरतपोखरी वरपाण्डे थुमस्थित शान्ति उदय माविको ६४ औं वार्षिकोत्सव तथा ६५ औं अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । कास्की क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले कार्यक्रम उद्घाटन गर्दै सामुदायिक विद्यालयले गुणस्तर बढाउने कार्यक्रममा जोड दिनुपर्ने बताइन् । भट्टराईले शिक्षा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने भन्दै स्थानीय तह यसमा विशेष चनाखो हुनुपर्ने बताइन् ।

गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्कीले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धी जनशक्ति उत्पादन अहिलेको चुनौती भएकाले आवश्यक नीति निर्माणमा आफूहरू हरहमेशा लागिरहने उल्लेख गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नेपाल पर्यटन बोर्डका सदस्य मदनकुमार आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराज आचार्य, प्रधानाध्यापक टेकनारायण गिरी, पूर्व प्रधानाध्यापक कमलप्रसाद आचार्य, साबिक भरत पोखरी गाविसका पूर्व अध्यक्ष यज्ञप्रसाद आचार्य, पूर्व उपाध्यक्ष मनोहर आचार्य, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष वसन्तराज लम्साललगायतले बोलेका थिए ।

यसैबीच मेगा बैंकको वित्तीय सहयोगमा विद्यालय हातामा नवनिर्मित सरस्वती मन्दिर उद्घाटन गरिएको छ । कार्यक्रममा शैक्षिकसहित विभिन्न अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा विभिन्न छात्रवृत्ति वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद बस्ताकोटीले स्वागत र शिक्षक देवराज पौडेलले सञ्चालन गरेको शिक्षक वेदनाथ आचार्यले जानकारी दिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *