दयाहाङ, अर्पण र मिरुनाको फरक अवतार

दयाहाङ, अर्पण र मिरुनाको फरक अवतार

काठमाडौं ।

लोकप्रिय कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई हालसम्म देखिएको भन्दा फरक अवतारमा प्रस्तुत गर्दै रंगेली फिल्मको इन्ट्रो टिजर सार्वजनिक गरिएको छ।

फिल्मको कथासार तथा पात्र परिचय बुझाउने टिजरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई दुश्मनको रूपमा चित्रण गरिएको छ। अभिनेत्री मिरुनालाई भने शान्त स्वभावमा थारू युवतीको रूपमा देखाइएको छ।

आगामी फागुन २५ गते महाशिवरात्रिको दिन नेपालसहित विभिन्न देशमा रिलिज हुने फिल्म अर्जुन सुवेदीले निर्देशन गरेका छन्। सुवेदीकै लेखन रहेको फिल्ममा अर्पण, दयाहाङ, मिरुनासहित प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतका कलाकार प्रमुख भूमिकामा छन्।

फिल्मका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ।

संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठको निर्माणमा बनेको फिल्ममा जीतेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता, युवक कार्की र शिव शंकर चौलागाईं सह–निर्माता तथा विवेक खड्का (योलो) एसोसियट निर्माता छन्।

अमेरिकामा कलाकारसहित भीआईपी रेड कार्पेट प्रिमियर गरिने फिल्म नेपालसँगै नेपालीको बसोवास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङलगायतका विश्वका विभिन्न मुलुकमा एकसाथ रिलिज हुनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *