पिकनिक गएका विद्यार्थी र शिक्षक सवार डुंगा दुर्घटना हुँदा १६ जनाको मृत्यु

पिकनिक गएका विद्यार्थी र शिक्षक सवार डुंगा दुर्घटना हुँदा १६ जनाको मृत्यु

एजेन्सी ।

भारतको गुजरातमा डुंगा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। भारतीय समाचार संस्थाका अनुसार पिकनिक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातस्थित हरणी तालमा पल्टिएको हो।

यस डुंगामा २३ विद्यार्थी र चार शिक्षक सवार रहेका थिए। अहिलेसम्म सो डुंगा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरीले जनाएको छ। अन्य ८ जनाको उद्धार गरिएको छ।

सो डुंगा दुर्घटनामा परी चार जना अझै बेपत्ता रहेका छन् भने भने उनीहरूको खोजतलास तथा उद्धार कार्य जारी छ। डुंगामा क्षमताभन्दा बढी यात्रु सवार भएकाले यो घटना भएको खुलेको छ।

समाचार अनुसार सो डुङ्गाको क्षमता १४ जना थिए तर २७ जनाभन्दा बढी सवार थिए। मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

सबै विद्यार्थी वडोदराको एक विद्यालयका थिए। दुर्घटनामा परी गम्भीर घाइते भएका विद्यार्थीलाई अस्पताल लगिएको छ। घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स पुगेका थिए। घटनाको जानकारी पाए लगत्तै उद्धार टोली त्यहाँ पुगेको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *