यू–१९ विश्वकपमा न्युजिल्यान्डसँग हार्‍यो नेपाल

काठमाडौं ।

आइसीसी यु-१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित मैदानमा आइतबार भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय तीन रनको लक्ष्य पछ्याएको नेपालले दुई सय ३८ रन मात्र बनाउन सक्यो।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन। एक सय चार बल खेलेका उनले १२ चौका प्रहार गरे।

साथै कप्तान देव खनालले ३६, सुभाष भण्डारीले ३३ र तिलक भण्डारी १७ रनको योगदान दिए। न्युजिल्यान्डका लागि मेसन क्लार्कले तीन विकेट लिए भने एवाल्ड श्र्वेडर र ओस्कार ज्याकसनले समान दुईरदुई विकेट लिए।

म्याट रो र ज्याक कमिङ्गले समान एकरएक विकेट हात पारे। टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट क्षतिमा तीन सय दुई रनको बलियो योगफल बनाएको थियो।

न्युजिल्यान्डका स्नेहित रेड्डीले सर्वाधिक एक सय ४७ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका रेड्डीले एक सय २५ बलको सामना गर्दै ११ चौका र ६ छक्का प्रहार गरे।

पहिलो विकेटका लागि राम्रो साझेदारी गरेको न्युजिल्याण्डले त्यसपछि लगातार तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले एक सय ५७ रनको साझेदारी गरे।

कप्तान ओस्कार ज्याक्सनले ८१ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ७५ रन जोडे । टोम जोन्सले ३३, लुक वाट्सनले १४ र एलेक्स थोम्पसनले १३ रन बनाए।

नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिए भने गुल्सन झाले दुई तथा दीपेश कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान एक रएक विकेट लिए। नेपालले अब बुधबार पाकिस्तानसँग खेल्नेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top