बाहिरिइन् अजारेन्का र स्विटोलिना

बाहिरिइन् अजारेन्का र स्विटोलिना

एजेन्सी ।

बेलारुसी टेनिस स्टार भिक्टोरिया अजारेन्का वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिएकी छन्।

मेलबर्नस्थित रोड लेभर एरिनामा सोमबार अजारेन्का युक्रेनकी डायना यास्ट्रेम्स्कासँग २–० को सोझो सेटमा पराजित हुँदै बाहिरिएकी हुन।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट ६–७ (६–८) ले गुमाएकी अजारेन्का दोस्रो सेटमा ४–६ ले पछि परिन्। अजारेन्काले पहिलो सेटमा ६–५ को अग्रता लिएको अवस्थामा दुई सेट अंक आए पनि त्यसलाई जित्न सकिनन्।

दोस्रो सेटमा पनि उनी ३–० को अग्रतामा थिइन् । दुबै सेटमा यास्ट्रम्स्काले पुनरागमन गर्दै गत वर्षकी सेमिफाइनलिस्टलाई हराइन्।

यास्ट्रेम्स्काले सेमिफाइनल प्रवेशका लागि चेक रिपब्लिककी लिन्डा नोस्कोभाको सामना गर्नेछिन् । नोस्कोभाले युक्रेनकी एलिना स्विटोलिनाबाट वाकओभर पाउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्।

पहिलो सेटमा नोस्कोभा ३–० ले अगाडि रहेको अवस्थामा चोटका कारण स्भिटोलिनाले खेल त्याग्ने निर्णय लिएकी थिइन्। १९ वर्षीया नोस्कोभाले शीर्ष स्थानकी इगा स्वियाटेकलाई अघिल्लो चरणमा हराएकी थिइन्।

अजारेन्का र स्विटोलिना बाहिरिएपछि महिलातर्फ शीर्ष वरीयतामा चीनकी जेङ किनवेन मात्रै प्रतियोगितामा बाँकि रहेकी छन्।

मेलबर्नमा पहिलोपटक अन्तिम आठमा पुग्ने क्रममा जेङले फ्रान्सकी ओसिएन दोदिनलाई ६–०, ६–३ ले हराएकी थिइन्।

१२औं वरिीयताकी उनले एन्ना कालीन्सकायासँग सामना गर्नेछिन्। कालीन्सकायादृ यसअघि पहिलो चरणसमेत पार गर्न सकेकी थिइनन् ।

पर्चाले खेलमा बाधा

मेन्स सिंगल्सअन्तर्गत ब्रिटेनका क्यामरोन नोरी र जर्मनीका एलेक्जान्दर जेभेरेभबिचको खेलको तेस्रो सेट चलिरहँदा पर्चा फ्यालिएपछि खेल केही बेर रोकिएको थियो।

दर्शकदीर्घाबाट फ्यालिएको उक्त पर्चामा फ्रि प्यालेस्टाइन र एन्टी वार लेखिएको थियो । एक महिला दर्शकले पर्चाहरु फ्याकिएपछि उनलाई धेरैले हुटिङ गरेका थिए।

पछि उनलाई दुई जना दर्शकले तानेर स्टेडियमबाट बाहिर ल्याएका थिए। नोरीलाई पाँच सेटमा हराएर अन्तिम आठमा पुगेका जेभेरेभले खेल भइरहँदा यस्तो घटना हुनु सुरक्षाको कमी रहेको बताए।

उनले भने—’जब यस्तो केही घटना हुन्छ भने एक समर्थकले अर्को समर्थकलाई तानेर बाहिर लाने नै होइन। सुरक्षाकर्मीको हो यस्तो काम। सुरक्षाको कमी नै देखियो।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *