सशस्त्र प्रहरी दिवसमा रक्तदान र आँखा परीक्षण

सशस्त्र प्रहरी दिवसमा रक्तदान र आँखा परीक्षण

वालिङ । २३ औं सशस्त्र प्रहरी दिवस तथा छैटौं युनिट स्थापना दिवस अवसरमा सोमबार वालिङमा रक्तदान गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल ३० नं गुल्म हेडक्वाटर स्याङ्जाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी र वालिङ नगरपालिकाको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको गुल्मपति देवराज जोशीले बताए ।

सशस्त्र प्रहरीका २४ र सर्वसाधारण १२ जनाबाट ३६ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँण, वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डे, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका उपमन्त्री खगेन्द्रप्रसाद अर्याल, पेखु बाघखोर उपशाखाका सभापति विष्णुप्रताप खाँण, आँधीखोला उपशाखाका मधुसुदन उपाध्यायलगायतको उपस्थिति थियो ।

सोही अवसरमा सोमबार ३० नं गुल्ममा कार्यरत सशस्त्र प्रहरीहरुको निशुल्क आँखाको परीक्षण तथा उपचार गरिएको छ । गह्रौं प्राथमिक अस्पतालमा रहेको जिल्ला आँखा उपचार केन्द्र वालिङको प्राविधिक सहयोगमा ४८ जनाको निशुल्क आँखाको परीक्षण तथा उपचार गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

५ जनामा उमेर अनुसार आँखामा देखिने सामान्य समस्या देखिए तापनि अन्यमा कुनै पनि जटिल समस्या नदेखिएको आँखा उपचार केन्द्रका प्रमुख तेज गुरुङले बताए । आँखामा देखापर्ने समस्या, लक्षण, उपचार तथा समाधानका विषयमा परामर्शसमेत दिइएको प्रमुख गुरुङले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *