दयारानीबाट दयाहाङ र दीया फेरि सँगै

दयारानीबाट दयाहाङ र दीया फेरि सँगै

काठमाडौं ।

आगामी माघ २६ गते रिलिज हुने फिल्म दयारानीको टिजजर सार्वजनिक गरिएको छ। फिल्ममा अभिनेता अभिनेत्री दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको फिल्मको बिहीबार १ मिनेट ४६ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो।

टिजरमा उनीहरू श्रीमान्–श्रीमतीका रुपमा देखिएका छन्। निःसन्तान भएकाले दयालाई दोस्रो विवाह गर्न दीयाले प्रेरित गरेको टिजरमा देखाइएको छ।

दयाले दीयाको प्रस्ताव अस्वीकार गरेको टिजरमा देखाइएको छ भने अर्को एक दृश्यमा सालीसँग ठट्टा गरेको देखाइएको छ। हासोका साथमा केही गम्भिरताको मिश्रण गरिएको टिजरले दर्शकलाई आकर्षित गरेको छ।

मिस्टर झोलेमा पहिलोपटक एकसाथ देखिएका दया र दीयाको जोडी यही फिल्मबाट पुनः पर्दामा एकसाथ देखिन लागकेका हुन्। टिजरमा उनीहरूको केमिस्ट्री गज्जबको सुहाएको छ।

यस्तै, सालीको भूमिकामा रहेकी प्रमिसा गुरुङले बोलेको ए हो र भन्ने संवादले उनलाई राम्रै गरी नोटिस गराएको छ। फिल्मले बक्सअफिसमा जारीले जस्तै राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।

अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका छन्। बाँसुरी फिल्मस् र माओत्से फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ र दीयाका साथमा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्मित फिल्ममा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माता रहेका छन् भने मणिराम पोखरेल कास्टिङ डारेक्टर छन्।

फिल्म नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्म्स् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ। फिल्म शैलेन्द्रध्वज कार्कीले खिचेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *