लाउरे एण्ड दाउरे बनाउँदै विल्शन

लाउरे एण्ड दाउरे बनाउँदै विल्शन

काठमाडौं ।

अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशनमा बन्ने फिल्म लाउरे एण्ड दाउरेमा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन्।

विल्सनका अनुसार विजय यो फिल्ममा अहिलेसम्मकै फरक भूमिकामा देखिने छन्। उनी फिल्ममा लाहुरेको भूमिकामा हुनेछन् वा दाउरेको भूमिकामा हुनेछन् भन्नबारे चाहिँ खुलाइएको छैन।

फिल्मको मुख्य भूमिकामा यसअधि नै अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन्।

विजयको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बन्दै गइरहेको छ। फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री तथा अन्य कलाकारको केही समयमा टुङ्गो लाग्ने निर्माण टिमले जनाएको छ।

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको फिल्म कमेडी र लभस्टोरीमा हुनेछ। फिल्मको लेखन विल्सन स्वयम्ले गर्नेछन्।

यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले लाहुरे एण्ड दाउरेको निर्माण गर्न लागेको हो। सरिना लामा निर्माात्री रहने फिल्ममा संगीत अनमोल गुरुङको रहनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *