सांस्कृतिक संस्थानको महाप्रवन्धकमा गायक पुन

सांस्कृतिक संस्थानको महाप्रवन्धकमा गायक पुन

काठमाडौं ।

सांस्कृतिक संस्थानको महाप्रबन्धकमा गीतकार, संगीतकार एवं गायक किरण बाबु पुन नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा पुनलाई नियुक्त गर्ने निर्णय गरेको हो।

रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिका–६ घर भएका पुनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सिफारिसमा महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी गराइन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *