निश्चलको सरप्राइज

निश्चलको सरप्राइज

काठमाडौं ।

बिहीबार ४३औं जन्मदिन मनाउने क्रममा नयाँ फिल्म बेहुली फ्रम मेघौली र अर्को वर्षको दशैंअघि एक्सन फिल्म बनाउने घोषणा गरेका अभिनेता, निर्माता तथा निर्देशक निश्चल बस्नेतलाई एक फिल्मले सरप्राइज प्याकेजको रुपमा प्रस्तुत गरेको छ।

अगस्त्यमा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत रहेको खुलाउँदै आएको फिल्मको निर्माण समूहले बिहीबार निश्चलको जन्म दिनका अवसरमा उनको लुक्स सार्वजनिक गर्दै दर्शकका लागि सरप्राइज दिएको हो।

दिमाग खराबमा समेत आफ्नो सरप्राइज भूमिकाले निश्चलले दर्शकलाई मनोरञ्जन दिएका थिए। आगामाी फागुन १८ गत रिलिजमा आउने फिल्ममा पनि उनको महत्वपूर्ण भूमिका रहेको बिहीबार सार्वजनिक फिल्मको लुक्सबाट खुलेको हो।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको फिल्म भित्र अन्य थुप्रै सरप्राइज रहेको निर्माण पक्षले दाबी गरेको छ। फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाले पनि मुख्य भूमिकामा अभिनय गरको छन्।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलद्वारा निर्मित फिल्ममा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *