श्रीलङ्का क्रिकेट बोर्डमाथि आईसीसीले लगाएको प्रतिबन्ध हट्यो

श्रीलङ्का क्रिकेट बोर्डमाथि आईसीसीले लगाएको प्रतिबन्ध हट्यो

काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध हटाएको छ। आइतबार बसेको आईसीसी बोर्ड बैठकले उक्त निर्णय लिएको हो।

बोर्डको पछिल्लो अवस्थाबाट सन्तुष्ट रहेको जनाउँदै तत्कालका लागि प्रतिबन्ध फुकुवा गरिएको आईसीसीले जनाएको छ।

आईसीसीले क्रिकेट सङ्घमा सरकारले हस्तक्षेप गरेको भन्दै गत नोभेम्बर १० मा प्रतिबन्ध लगाएको थियो।

त्यसपछि नोभेम्बर २१ मा बसेको आईसीसी बोर्डले प्रतिबन्धका बाबजुद श्रीलङ्काको क्रिकेट गतिविधिलाई जारी राख्ने निर्णय गर्दै यू-१९ विश्व कप श्रीलङ्काबाट दक्षिण अफ्रिका सार्ने निर्णय गरेको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *