मायाका रंगहरुका गीत

मायाका रंगहरुका गीत

काठमाडौं ।

निर्माणाधीन फिल्म मायाका रंगहरुको दुई गीत रेकर्ड गरिएको छ। दुईमध्ये एक गीतमा गायिका मेचु धिमालको शब्द, संगीत तथा स्वर रहेको छ भने उनलाई गायनमा नोगेन हारुसा रुम्बा लिम्बुले साथ दिएका छन्।

अर्को गीतमा उर्गेन दोङको शब्द, संगीत र स्वर छ। गीतको गायनमा उनलाई द भ्वाइस अफ नेपाल सिजन ५ की मोनिका राईले साथ दिएकी हुन्।

फिल्ममा अभिनेता पल शाह, कुन्दन भारद्धाज, सुनिल थापा र बुद्धि तामाङ मुख्य भुमिका अनुबन्धित भैसकेका छन्।

केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ।

पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्मको निर्माता आरबी थाङदेन हुन्। फिल्ममा सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत तथा सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *