बालोदयमा जिल्लास्तरीय चित्रकला

बालोदयमा जिल्लास्तरीय चित्रकला

पोखरा । बालोदयमा माध्यमिक विद्यालयको ३६ औं स्थापना दिवस सन्दर्भमा जिल्लास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । विद्यालयमा स्थापित बालोदय आर्ट एन्ड क्राफ्ट क्लबको आयोजना, विद्यालयका प्रबन्ध निर्देशक दुर्गादत्त पंगेनीको अध्यक्षता तथा पोखरा १७ का अध्यक्ष राधिकाकुमारी शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४३ वटा विद्यालयका ७२ जना विद्यार्थीको सहभागिता थियो ।

प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलका छात्रा सृष्टि नेपाली प्रथम, सोही विद्यालयका छात्रा कृष्टिना गुरुङ द्वितीय, विभूति विद्या सदनका छात्रा इच्छा गुरुङ तृतीय र सबलाइम माविका रेजिना ढकालले सान्त्वना स्थान प्राप्त गरे ।

कार्यक्रममा वडाध्यक्ष शाहीले सिर्जनशील कार्यक्रमले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने बताइन् । प्रतियोगिताका विजयी तथा सहभागी सम्पूर्ण विद्यार्थीलाई विद्यालयका प्राचार्य टेकनाथ पौडेलले बधाई तथा शुभकामना व्यक्त गरे । विजयी विद्यार्थीलाई विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा पुरस्कृत गरिने कार्यक्रम संयोजक शिव शिर्पालीले जानकारी दिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *