नेपालीलाई समेत औंल्याउँदै ओस्कारको मापदण्ड परिवर्तन

नेपालीलाई समेत औंल्याउँदै ओस्कारको मापदण्ड परिवर्तन

काठमाडौं ।

ओस्कार एकेडेमी अवार्डको सर्वश्रेष्ठ फिल्मको विधामा छनोट हुनका लागि अब उक्त फिल्म प्रतिनिधित्वमूलक र समावेशी हुनुपर्ने भएको छ।

ओस्कार अवार्डले सन् २०२४ का लागि सर्वश्रेष्ठ फिल्म विधाको मापदण्डमा केही परिमार्जन गरेको छ। यो नियमानुसार अबदेखि उत्कृष्ट फिल्मको विधामा छनोट हुनका लागि स्ट्यान्डर्ड ए,बी, सी र डी गरी ४ खण्डमा विभाजन गरिएको छ।

सर्वश्रेष्ठ फिल्म विधामा छनोट हुनका लागि फिल्मले चारमध्ये दुई नियमको मापदण्ड पूरा गरेकै हुनुपर्नेछ।

विश्वको जनसंख्यालाई पर्दामा राम्रोस“ग दर्शाउन र समान प्रतिनिधित्वलाई प्रोत्साहन गर्न यो नियम ल्याइएको ओस्कारले जनाएको छ।

स्ट्यान्डर्ड ए अन्तर्गत छनोट हुन कम्तीमा एक प्रमुख अभिनेता वा सहायक अभिनेता एक विशिष्ट देश वा उत्पादन गरिएको क्षेत्रको अल्पसंख्यक जाति वा जातीय समूहबाट प्रतिनिधित्व गर्ने हुनुपर्ने उल्लेख छ।

जसमा अफ्रिकी अमेरिकी, पूर्वी एसियाली, हिस्प्यानिक, ल्याटिनो, आदिवासी जनजाति, मध्यपूर्वीय, प्रशान्त महाद्वीपीय, दक्षिण एसियाली र पूर्वी एसियाली क्षेत्रको जाति वा जातीय समुदाय रहेका छन्।

दक्षिण एसियाली देशमा नेपालीसहित बंगलादेशी, भुटानी, भारतीय, पाकिस्तानी र श्रीलंकाली भए हुने मापदण्ड तय गरिएको छ। स्ट्यान्डर्ड बी र डीमा पनि नेपाली समावेश हुनुपर्ने मापदण्ड तोकिएको छ।

नयाँ मापदण्डले अल्पसंख्यक जातजाति, क्षेत्रीय समावेशिता र प्रतिनिधित्व बढ्ने ओस्कारको दाबी रहेको छ।

जसअनुसार नेपाली मूलको कलाकारले अन्तर्राष्ट्रिय फिल्ममा सहभागिता जनाउने बाटो खुला हुँदै जानेछ। यसले नेपाली कलाकारले विदेशी फिल्ममा काम गर्ने मौका पाउँछन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *