आल्भेजविरुद्ध बार्सिलोना विजयी

आल्भेजविरुद्ध बार्सिलोना विजयी

काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर रोकीले एक एक गोल गरेका थिए। त्यस्तै आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काएका थिए।

यस खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेँलो कार्ड पाएपछि खेलको ७२औँ मिनेटमा मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो। यो जितपछि बार्सिलोनाको २३ खेलमा ५० अङ्क भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ।

त्यसैगरी आल्भेजको भने २३ खेलमा २६ अङ्क रहेको छ र लिगमा १२औ स्थानमा छ। त्यस्तै गएराति सम्पन्न अर्को खेलमा जिरोना रियलले सोसियडाडसँग गोलरहित बराबरीमा रोकिएपछि शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

यो बराबरीपछि जिरोना २३ खेलमा ५६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै रियल सोसियडाडको भने २३ खेलमा ३७ अङ्क रहेको छ र लिगमा छैटौँ स्थानमा रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *