बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर

काठमाडौं ।

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो।

यद्यपि उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ। क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।

 सोमबारदेखि उनको उपचार लन्डन अस्पतालमा सुरु गरिएको बीबीसीले उल्लेख गरेको छ। बकिङ्घम राजदरबारका प्रवक्ताले सोमबार एक वक्तव्य जारी गर्दै राजाको नियमित उपचारको तालिका सुरु गरिएको बताएका छन्।

साथै डाक्टरहरुले यस अवधिमा उनलाई सार्वजनिक रुपमा वहन गर्नुपर्ने जिम्मेवारीहरु स्थगित गर्न भनेका छन्।

राजदरबारका प्रवक्ताले राजा चार्ल्स आफ्नो उपचारका विषयमा ‘पूर्ण रुपमा सकारात्मक’ रहेको बताएका छन्।

साथै उनले छिटोभन्दा छिटो आफ्नो राजकीय कामकाज पुन: सुरु गर्ने प्रवक्ताले उल्लेख गरेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top