पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा

काठमाडौं ।

अस्ट्रेलिया यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो।

पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। यस अघि पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुदै १७९ रन बनाएको थियो।

अब अस्ट्रेलियाले फाइनलमा उपाधिका लागि आइतबार भारतको सामना गर्ने छ। भारत यसअघि दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *