दयारानी र हात्तीछाप सँगै

दयारानी र हात्तीछाप सँगै

काठमाडौं ।

आज शुक्रबार दुई नेपाली फिल्म एकसाथ रिलिजमा आउने भएको छ। अभिनेता माओत्से गुरुङद्वारा निर्देशित दयारानी र सिमोस सुनुवारद्वारा निर्देशित हात्तीछाप शुक्रबारबाट रिलिजमा आउन लागेको हो।

दयारानीको बिहीबार र हात्तीछापको बुधबार राजधानीमा प्रिमियर शोसमेत गरिएको छ। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको दयारानीमा उनीहरू श्रीमान् श्रीमतीका रूपमा देखिएका छन्।

निःसन्तान दम्पतीको कथा बुनिएको फिल्ममा दयाहाङ र दीया मिस्टर झोलेपछि फेरि स“गै देखिएका हुन्। अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन्।

बाँसुरी फिल्म्स् र माओत्से फिल्म्स्को ब्यानरमा फिल्ममा दयाहाङ र दीयाका साथमा विजय बराल, प्रमिशा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन्।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको सहकार्यमा निर्मित फिल्ममा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माता रहेका छन् भने कास्टिङ डारेक्टर मणिराम पोखरेल र छायांकन शैलेन्द्रध्वज कार्कीको छ। प्रिमियरमा फिल्म मन पराइएको छ।

उता सिमोस सुनुवारको निर्देशनमा निर्मित हात्तीछापमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, सुष्मा निरौला, विल्सन विक्रम राईलगायतका कलाकारले अभिनय गरेका छन् भने दीपकराज गिरी विशेष भूमिकामा देखिएका छन्।

फिल्मले प्रिमियरबाट राम्रो तारिफ पाएको छ। फिल्म कलाकार किरण नेपालीको प्रस्तुतिमा बनेको हो।

दयारानीले मल्टिप्लेक्समा एक सय १३ शोज पाएको छ। यसबाहेक सिंगल थिएटरमा पनि यसले राम्रै शोज पाएको छ।

उता हात्तीछापले सिंगल थिएटरमा पनि सिनेमाले राम्रै शोज पाएको छ भने मल्टिप्लेक्समा १ सय ६४ शोज पाएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *