मेयर बनाउँदै दिपेन्द्र

मेयर बनाउँदै दिपेन्द्र

काठमाडौं ।

लोकप्रिय निर्देशक दिपेन्द्रकुमार खनालको निर्देशनमा निर्माण हुने फिल्म मेयरको सरस्वती पूजाको अवसर पारेर बुधबार नारायणहिटी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै शुभसाइत गरिएको छ।

बुधबार नै फिल्मको काठमाडौंको भाग छायांकन पनि सुरु भएको छ। फिल्मले सर्लाहीस्थित बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्ष प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी गराए।

कठिन परिस्थिति, घातप्रतिघातको बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा कसरी राम्रो बाटोमा डोर्‍याउन सकिन्छ भन्ने विषयमा फिल्म आधारित हुने उनले जानकारी गराए।

मेयरको शीर्ष भूमिकामा खगेन्द्र लामिछानेले अभिनय गर्ने फिल्ममा उनको जोडीका रूपमा वर्षा राउत देखिनेछिन् भने अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रविन्द्र झा, रमेश बुढाथोकीलगायतले प्रमुख भूमिकामा अभिनय गर्नेछन्।

पटकथा प्रोडक्सनको ब्यानरमा शर्मिला पाण्डे र सृष्टिमा“ खनालद्वारा निर्माणाधीन फिल्ममा निर्देशक खनाल कार्यकारी निर्माता छन् भने फिल्ममा महेश दवाडीको पटकथा, जयन वाइबा र कल्याण सिंहको संगीत तथा कृष्णबहादुर थापाको छायांकन रहनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *