टेलिसिरियल च्यानल प्रिज्मा टेलिभिजनको प्रशारण आरम्भ

टेलिसिरियल च्यानल प्रिज्मा टेलिभिजनको प्रशारण आरम्भ

काठमाडौं ।

श्री पञ्चमीको अवसरमा बुधबार नेपालकै पहिलो टेलिसिरियल टेलिभिजन च्यानलस्वरुप प्रिज्मा टेलिभिजन प्रशारणमा आएको छ।

टेलिसिरियलमा रुचि राख्ने वर्गलाई लक्षित गर्दै प्रिज्मा टेलिभिजनको प्रसारण आरम्भ गरिएको सो स्याटलाइट टेलिभिजनका कार्यकारी निर्देशक तथा कला निर्देशकका रूपमा नाम कमाएका निर्जल श्रेष्ठले राजधानीमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराए।

टेलिभिजनका अध्यक्ष ईश्वर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेलिभिजनकी सञ्चालक तथा अभिनेत्री पनाह अधिकारीले टेलिभिजनले उच्चस्तरीय कार्यक्रममार्फत् विश्वमा छरिएका नेपाली दर्शकलाई जोड्ने बताइन्।

कार्यकारी निर्देशक निर्जल श्रेष्ठले आमसञ्चारको प्रभावशाली माध्यमको रूपमा प्रिज्मा टेलिभिजनले फरक सोच र ढंगले लक्ष्य प्राप्त गर्ने अठोटका साथ सञ्चालनमा ल्याइएको बताए।

‘नेपालको सामाजिक सांस्कृतिक, भाषिक विविधता जनाउने विभिन्न भाषाका टेलिफिल्म र टेलिसिरियलको माध्यमबाट देशको सांस्कृतिक मौलिकता दर्शाउने हाम्रो प्रमुख दायित्व रहनेछ। विश्वका ज्ञानवद्र्धक टेलिसिरियल नेपाली भाषामा स्वराकंन गरेर प्रशारण गर्दै ती देशसँगको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाइनेछ,’ कार्यकारी निर्देशक श्रेष्ठले जानकारी गराए।

कार्यक्रममा बोल्दै टेलिभिजनका प्रमुख संरक्षक तथा अभिनेता नीर शाहले विश्वका विभिन्न देशका गुणस्तरीय र ज्ञानवद्र्धक टेलिशृंखला नेपाली भाषामा स्वरांकन गरेर प्रशारण गरेको खण्डमा नेपाली दर्शक लाभान्वित हुने जनाउँदै प्रिज्मा टेलिभिजन सो कार्यमा अग्रसर रहने बताए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *