विष्णुको शब्द र नकुलको लयमा चरी वनमा सार्वजनिक (भिडियोसहित )

विष्णुको शब्द र नकुलको लयमा चरी वनमा सार्वजनिक (भिडियोसहित )

काठमाडौँ।

गायकहरु नकुल थापा, विष्णु थापा र गायिकाद्वय राधिका गिरी  र शान्ति पोखरेलको स्वरमा लोक दोहोरी गीत चरी  वनमा सार्वजनिक भएको छ। सो गीतमा गायक नुकलको लय र गायक विष्णुको शब्द रहेको छ भने हेमराज डाँगीले संगीत संयोजन गरेका छन्। गीतमाथि आकर्षक भिडियो निर्माण भएको छ। जसमा हुम् गैरेको निर्देशन, तथा सम्पादन रहेको छ।

विकास भारतीको कोरीयोग्राफी रहेको भिडियोमा डेनिसको छायँंकन रहेको छ। धर्मस्थलीको विभिन्न आकर्षक स्थान र सेटमा खिचिएको म्युजिक भिडियो लाइभ दोहोरी शैलीमा निर्माण गरिएको छ।जसमा मोडलहरु चन्द्र कुमार श्रेष्ठ कौशिला कार्की र बाल कलाकार निश्चल जंग थापा र गृष्मा थापा मगरको नृत्य तथा अभिनय रहेको छ।  गायक विष्णु थापाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियोको दृश्य निर्माण  विशाल मूभीले गरेको हो।

 

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *