
कतारको न्यु सलतास्थित कतार च्यारिटीको सभा हलमा हालै भएको कार्यक्रम नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्णकुमार सुवेदीकाको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राज रेग्मी, उपमहासचिव प्रविन गुरुङ, गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, संस्थाका अग्रज, संस्थापक लगायतको उपस्थिति थियो ।
भलिबल प्रतियोगिताका लागि आर्थिक नैतिक र भौतिक सहयोग गर्नेहरुलाई मायाको चिनो, सम्मान पत्र, कदर पत्र, ढाकाटोपी र खादाले सम्मान गरिएको थियो । उक्त अवसरमा विभिन्न व्यक्तिहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष अगन्धर देवकोटा (अग्नि) को अध्यक्ष्यतामा भएको थियो । दूतावासका प्रथम सचिव कृष्णकुमार सुवेदीले कतारमा पोखराको पर्यटन प्रबद्र्धनका लागि दूतावास सँधै तत्पर रहेको र दूतावासमा त्यस्तै रचनात्मक किसिमका खाका ल्याउन आग्रह गरे । कार्यक्रम संस्थाका सचिव विष्णु तिमिल्सिनाले सञ्चालन गरेका थिए ।
उक्त अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट, प्रथम उपाध्यक्ष कृष्ण पन्थी र कतार च्यारिटी परिवारप्रति संस्थाले आभार व्यक्त गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेल, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री केदार भुसाल, नेपाली महिला समाज अध्यक्ष माया केसी, प्रवासी नेपाली मञ्चका कतारका उपाध्यक्ष प्रेम विश्वकर्मा, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष मोहम्मद मुत्तदा, माछापुच्छ्रे बैंक कतार प्रतिनिधि विजयराज अधिकारी, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिलकुमार श्रेष्ठ, समाजसेवी क्रान्ति सिंहm करिमबक्स मिया लगायत सहभागी थिए ।