बझाङमा चैतेधानकाे सफल परिक्षण खाद्य सुरक्षामा टेवा पुग्ने

उत्तमकुमार थापा , बझाङ ।
सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा चैते धानको सफल परिक्षण भएको छ ।
जिल्ला कृषि ज्ञानकेन्द्र बझाङले परिक्षणकाे लागि छविस पाथिभरा गाउँपालीका वडा नम्बर १ काे भाडेबजार स्थित सुरेन्द्र कठायतकाे खेतवारीमा यसपालि परिक्षणकाे लागि राेपनि गरेको र सफल भएको कृषि ज्ञानकेन्द्रका प्रमुख टेक बहादुर बिष्टले बताए । उहाँले भन्नू भयाे,हामीले कृषक कठायतलाई बीउ ज्ञान दिएका छाै । साथि परिक्षण गरेकाे उहाँको भनाइ छ ।
भाडेबजारका कृषक सुरेन्द्र कठायतका अनुसार याे धान फागुनमा बीउ राखि चैत्र २५ गते राेपाई गरेका थियाै ज्ञान केन्द्रले दिएकाे सल्लाह सुझावकाे आधारमा लगाएका हाै । अरु धान भन्दा अत्याधुनिक बढी फलेको बताए । उनलेे भन्नू भयाे ,यसै साउनकाे पहिलाे हप्ता कटानि गरि पुन त्यहि जमिनमा धान राेप्न सकिने पद्धति नै चैते धान खेति हाे । याे धान करिब १०० दिनमा पाक्छ जात हर्दिनाथ हाे । यसै जमिनमा यहि जात गत साल राष्ट्रिय धान दिवस मनाईएकाे कृषि ज्ञानकेन्द्र प्रमुख बिष्टले बताए चैते धानकाे सफल परिक्षण भएको पाईन्छ । यस्ले खाद्य सुरक्षामा टेवा पुग्ने, धानकाे उत्पादन र उत्पादकत्व बढने स्राेतकाे भनाइ रहेकाे छ । यसरी राेपाई हुने सिजन साउनको महिनामा खेतवारीमा धान काट्नु भएको भन्दै कृषक हर्शित भएका छन । यसलाई तल्लो गर्मि भेगमा व्यापक फैलाउनु पर्ने कार्यालयकाे भनाइ छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top