छिरिङलाई राष्ट्रपतिको बधाई

छिरिङलाई राष्ट्रपतिको बधाई

काठमाडौं ।

सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल कोरियोग्राफर छिरिङ शेर्पाले हालै राष्ट्रपति रामचन्द्र पौडेलबाट त्यसको प्रमाणपत्र प्राप्त गरेकी छन्।

छिरिङ र जगदीश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा पा“च हजार दुई सय ७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्यान्ड (पेयर) को रेकर्ड राखेका थिए।

राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई दिएका थिए। राष्ट्रपति पौडेलले सन् २०२४ को स्प्रिङ (अप्रिल­–मे­) मा सगरमाथा आरोहण गर्न लागेकी छिरिङलाई शुभकामना पनि दिएका थिए।

‘राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको विषय रहेको बताउनुभयो,’ छिरिङले भनिन्, ‘यो सम्मानले मेरो एउटा सपना पूरा भएको छ।

छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन्।

छिरिङले पासाङल्हामु फाउन्डेसनबाट हिमाल आरोहणसम्बन्धी तालिम लिएकी छन्। उनी ८ के एक्सिपिडिसनबाट माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन्।

दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री हुन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *