वरपाण्डेथुममा निशुल्क स्वास्थ्य शिविर

वरपाण्डेथुममा निशुल्क स्वास्थ्य शिविर

पोखरा । वरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा ३३ भरतपोखरीको उपल्लोपुँणीमा वृहत निशुल्क स्वास्थ्य शिविर, स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी जाँच एवं जनचेतना कार्यक्रम सम्पन्न भएको छ । शिविरमा १ सय ७० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् ।

मणिपाल शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरूले जनरल मेडिसिन, छाती रोगसम्बन्धी र स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी चिकित्सकीय सेवा उपलब्ध गराएका थिए ।
समाज कल्याण परिषद स्वास्थ कोषको सहकार्यमा र पोमनपा वडा ३३ को सहयोगमा सञ्चालित उक्त शिविर डा. प्रविन देवकोटाले ८५ वर्षीय ज्येष्ठ नागरिक प्यामनारायण आचार्यको स्वास्थ्य जाँच गरेर कार्यक्रमको उद्दघाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पोमनपा वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले ज्येष्ठ नागरिकहरुको नियमित स्वास्थ्य चेकजाँचका लागि घरघरबाट परिवारले नै पहल गर्नुपर्नेमा जोड दिए । कहिले काँहि आफ्नो घर आँगनमा आउने यस्ता शिविरहरुबाट स्वास्थ्य लाभ लिनुपर्ने बताए ।

समाजकल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषकी सदस्य सचिव सुनिता भण्डारीले ज्येष्ठ नागरिकहरुको उचित हेरचाह गर्नुका साथै नियमित स्वास्थ्य जाँच गराउनुका साथै उनिहरु सँग भएको ज्ञान सिपलाई नाति पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताइन् ।

शिविरमा मणिपाल शिक्षण अस्पताल पोखरा फूलबारीमा कार्यरत डा. पूजा झा, डा. मनस्वी काफ्ले, डा. रस्मिता पराजुली, डा. अनिशा गुरुङ, डा. प्रेरणा पौडेल, डा. पल्लवी राज, डा. कृष्टिना जोशी, फार्मेसिस्ट पशुपतिनाथ मण्डल, स्टाफ नर्स प्रविना भण्डारी, हाउस किपिङ तारा भुजेल, समाजकल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषकी लेखा सहायक अश्मिना खड्का, वडा स्वयंसेवीकाले सेवा प्रदान गरेका थिए ।

१७ जना महिलाहरुमा पाठेघर सम्बन्धी समस्या देखिएकोले थप उपचारको लागि अस्पताल रिफर पनि गरेको छ । मणिपाल शिक्षण अस्पतालका जनसम्पर्क निर्देशक कृष्णमोहन श्रेष्ठले मणिपाल शिक्षण अस्पताल नेपालीको स्वामित्वमा आएपछि समाजिक दायित्वस्वरुप जनस्वास्थ्य क्षत्रमा यस्ता शिविरहरु गर्दै आइरहेको बताए ।

भुलभुला युवा क्लब, प्रहरी चौकी, टोल सुधार समिति, मगर समाजले स्थानीय स्वयंसेवकको भूमिका निभाएका थिए । उक्त कार्यक्रममा ज्येष्ठ नागरिक महासंघ नेपालका सचिव कुशुमकेशव पराजुली, वरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीका सचिव मोति भुजेल लगायतले बोलेका थिए । आउँदा दिनहरुमा पनि स्वास्थ्य शिविरलाइ निरन्तरता दिने वरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष केशवराज लम्सालले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *