संस्कृतिविद् र कलाकार सम्मानित

संस्कृतिविद् र कलाकार सम्मानित

काठमाडौं ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नी तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा मोरङको उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजनास्थलमा धिमाल समुदायको परम्परागत पुर्ख्यौली जन्मदेखि मृत्युुसम्म गरिने सांस्कृतिक कार्यक्रम भएको छ।

कार्यक्रममा धिमालको संस्कार र संस्कृतिबारे उजागर तथा संरक्षण सम्बर्धनमा उल्लेखनीय योगदान पुर्‍याएका संस्कृतिविद् र कलाकारलाई सम्मान गरिएको थियो।

कार्यक्रममा कवीन्द्र धिमाल, चन्द्रकान्त धिमाल, हरि धिमाल, अम्बर धिमाल, गोलान्धर धिमाल, धनबहादुर धिमाल र टेकबहादुर धिमाललाई सम्मानित गरिएको थियो।

कार्यक्रममा हरेक जातिले आफ्नो कला, संस्कार, संस्कृति र जातित्व जोगाउन आफैं जागरुक हुन आवश्यक रहेको उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडाले चर्चा गरिन्।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डाक्टर किराँतीको सभापतित्व तथा उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम उर्नी तुन्जाइ सांस्कृतिक मञ्चका सचिव भूमिराज धिमालले सञ्चालन गरेका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *