खेलाडीसँग बिहे गर्दै तापसी

खेलाडीसँग बिहे गर्दै तापसी

एजेन्सी ।

बलिउड अभिनेत्री तापसी पन्नु विवाह बन्धनमा बाँधिने भएकी छन्। उमेरले ३६ वर्षकी तापसीले ४३ वर्षीय ब्याटमिन्टन खेलाडी तथा प्रेमी म्याथियास बोका साथ १० वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन्।

भारतको एनडिटिभीको अनलाइन संस्करणमा जनाइएअनुसार तापसी छिट्टै नै आफ्नो परिवार र नजिकका आफन्तजनको उपस्थितिमा उदयपुरमा इसाई र शिख परम्पराअनुसार विवाह बन्धनमा बाँधिन लागेकी हुन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहे पनि यो जोडीले आफ्नो सम्बन्धलाई गोप्य राख्दै आएको थियो। म्याथियास युरोपियन च्याम्पियन र ओलम्पिब विजेता हुन्। उनले सन् २०२० मा ब्याडमिन्टनबाट बिदा लिएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *