शीतला माविको स्वर्ण जयन्ती : अब चेतनाको विकासमा जोड दिनुपर्छ : सांसद थापा

शीतला माविको स्वर्ण जयन्ती : अब चेतनाको विकासमा जोड दिनुपर्छ : सांसद थापा

स्याङ्जा । संघीय सांसद राजु थापाले भौतिक विकासभन्दा चेतनाको विकास आवश्यक रहेको बताएका छन् । चाहेर नचाहे पनि भौतिक विकास क्रमिक रुपले भइरहने बताउँदै उनले चेतनाको विकास नभएमा मुलुकले विकास, समृद्धि र लक्ष्य हासिल गर्न नसक्नेमा जोड दिए ।

पुतलीबजार–५ स्थित शीतला माविको स्वर्ण जयन्तीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । शिक्षाका लागि राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सबैले गम्भीर भएर सोच्नु पर्ने समय आएको बताए ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन अंग्रेजी भाषाका माध्यमबाट पढाउन र टाढा टाढाबाट विद्यार्थी पढ्न आउने वातावरण मिलाउन विद्यालय बस सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । यस कार्यका आवश्यक सहयोग गर्न तयार रहेको जनाए ।

गण्डकी प्रदेशका पूर्वमन्त्री एवं राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले आफू पढेको शिक्षालयको लागि विगतदेखि सहयोग गर्दै आएको र आउने दिनमा पनि थप सहयोग गर्ने बताए ।

पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले विद्यालयलाई आवश्यक सहयोग गर्ने जनाउँदै बस खरिदका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाए । उनले आफू निर्वाचित भएपछि विद्यार्थीका लागि संघीय सरकारले दिएको रकममा पुतलीबजार नगरपालिकाले थप १० रुपैयाँ खाजाका लागि उपलब्ध गराएको र सव–इन्जिनियर अध्ययनका लागि प्रत्येक वडाबाट २÷२ जना गरी २८ जनालाई जनही १ लाख ५ हजार उपलब्ध गराएको जानकारी गराए ।

कार्यक्रममा वडाध्यक्ष अर्जुन कार्की, निवर्तमान अध्यक्ष रामचन्द्र रेग्मी, पौवेगौडे सम्पर्क समाजका अध्यक्ष विष्णुप्रसाद शर्मा, प्राडा ज्ञानबहादुर कार्की, प्राडा अच्यूतशरण अर्याल, त्रिभुवन आदर्श प्रस्तावित नमुना माविका प्रअ मुक्तिप्रसाद रेग्मी, मानबहादुर कृष्णकुमारी ट्रष्टका संरक्षक प्रकाशजंग कार्की, अक्षयकोषदाता लोकनाथ रेग्मी, पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोविन्द सुवेदी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ज्ञानबहादुर थापा र टुकबहादुर थापा, पूर्व विद्यार्थी गंजबहादुर कार्की, सरस्वती माविका प्रअ कृष्ण गोदार, पुण्यशिला आधारभूत माविका प्रअ लेखनाथ शर्मा लगायतले मन्तव्य व्यक्त गर्दै विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रअ ओमप्रकाश शर्माले विद्यालयको आर्थिक, भौतिक, शैक्षिक लगायत प्रतिवेदन प्रस्तुत गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शैलेन्द्रजंग कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक दिपक शर्माले स्वागत एवं शिक्षक अप्सरा गोदारले सञ्चालन गरिन् ।
कार्यक्रममा मानबहादुर कृष्णकुमारी ट्रष्टबाट साहित्यकार एवं पत्रकारलाई सम्मान गरिएको छ । बालसाहित्यकार डा. अच्युतशरण अर्याल र पत्रकार माधवप्रसाद रेग्मीलाई ट्रष्टद्वारा प्रदान गरिने पुरस्कारबाट जनही १० हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

लीलाधर—चन्द्रकला रेग्मी अक्षयकोषबाट ६ जना विपन्न तथा जेहेनदार बिद्यार्थीलाई जनही ३ हजार नगद सहित पुरस्कृत गरियो । चूडामणि—बाटुली अक्षयकोष, कुसुम पुरस्कार र इमानसिंह कार्की, पुरस्कारबाट पुरस्कृत गरिएको छ । शैक्षिक लगायत विद्यालयमा आयोजित विभिन्न क्रियाकलाप, खेलकुद सहितका गतिविधिमा सहभागी तथा विजयी विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । स्वर्ण जयन्ती अवसरमा विद्यार्थीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *