पोखरा १३ का वडाध्यक्ष किरण बराल र ज्येष्ठ नागरिक समाजसेवी चन्द्रप्रसाद गुरुङलले संयुक्तरुपमा कार्यक्रम उदघाटन गरे । वडाध्यक्ष बरालले पुस्तकालयको प्रवर्धनका लागि आगामी वर्ष बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए । पठन संस्कृतिको विकासका लागि पुस्तकालयले चलाएको अभियानको उनले प्रसंशा गरे ।
पुस्तकालयका अध्यक्ष यदुराज पंगेनीको अध्यक्षतामा भएको कार्यकममा पूर्व अध्यक्ष सञ्जयकान्त सिग्देलले पुस्तकालयलाई जीवन्त राख्न धेरै अग्रजहरुले खेलेको भूमिकालाई स्मरण गर्दै आफ्नो कार्यकालमा गरेका प्रयासका बारेमा जानकारी गराए ।
पुस्तकालयका उपाध्यक्ष गमबहादुर गुरुङले स्वागत गरेको कार्यक्रममा समाजसेवी शकुन्तला गुरुङ, लालबहादुर नेपाली, निलकण्ठ सिग्देल लगायतले पुस्तकालयको महत्व विगतदेखि हालसम्म पनि उत्तिकै रहेको भन्दै यसलाई वर्तमान पुस्तासँग जोड्न सबै सक्रियरुपले लाग्नुपर्नेमा जोड दिए । पुस्तकालयका सचिव किशन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सहसचिव धर्मराज पौडेल अल्पायुले रचना प्रस्तुत गरेका थिए ।